दफा ६८
पुनरावेदन न्यायाधिकरणको सदस्यको पदावधि, पारिश्रमिक र सेवाका शर्त
(१) पुनरावेदन न्यायाधिकरणको सदस्यको पदावधि पाँच वर्षको हुनेछ र निज पुन नियुक्त हुन सक्नेछ ।
(२) पुनरावेदन न्यायाधिकरणको सदस्यको पारिश्रमिक र सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछन् ।
(३) पुनरावेदन न्यायाधिकरणको सदस्यले आफु नियुक्त भएपछि कार्यभार सम्हाल्नु अघि सर्वोच्च अदालतको प्रधान न्यायाधीश समक्ष आफ्नो पद तथा गोपनीयताको तोकिए बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।